logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नविनता र सृजनशीलता सँगसँगै जुझारुपनका गतिशिल दुई वर्ष

    नविनता र सृजनशीलता सँगसँगै जुझारुपनका गतिशिल दुई वर्ष

    6.1K
    Shares
    नविनता र सृजनशीलता सँगसँगै जुझारुपनका गतिशिल दुई वर्ष

    काठमाडाै‌ । एमाले, कांग्रेस, माओवादी सायद यो नाम नसुन्ने नेपालीहरु भेटिन गार्‍हो पर्ला । राष्ट्रिय युवा संघ नेपाल, तरुणदल, वाइसीएल यी नाम माथिका भन्दा कम सुनिने नाम हुन् । यि मध्य पनि राष्ट्रिय युवा संघ नेपाल यो नाम चहि धेरैले सुनेको हुनुपर्छ । यी नामहरु तिनै एमाले, कंग्रेस र माओवादीका युवा संगठनहरु हुन् । यहाँ हामी नविनता र सृजनशीलता संगसगै जुझारुपनले गतिशिल राष्ट्रिय युवा संघ नेपालको चर्चा गर्दै छौ । जसले पछिल्लो समय आफ्नो मुलमन्त्र नै नविनता, सृजनशीलता र गतिशिलता बनायो ।

    कोभिड महामारी चलिरहेको थियो । लकडाउनको समय थियो । २०७८ जेठ १७ गते राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिबालयको बैठक सम्पन्न भयो । जुम माध्यम बाट संचालित पूर्ण बैठकबाट केन्द्रीय अध्यक्षमा किरण पौडेल चयन हुनुभयो । त्यस पश्चात संघले परिवर्तित समयको मध्यनजर गर्यो । रहरलाग्दो, भरलाग्दो र डरलाग्दो मात्र होइन नविनता र सृजनशीलताका साथ संघलाई गतिशिल बनायो ।

    नविनता र सृजनशीलता

    संघले २०७९ असार ०४ मा NYF Short Movie Competition -2078 को घोषणा गर्यो । सुचना र प्रविधिको प्रयोग हुने माध्यम सिनेमा भएकाले ‘म केहि गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गरेको थियो । लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवाहरुको समय सदुपयोग तथा प्रोडेक्टिभ इंगेजमेन्टका लागी प्रतियोगिता आयोजना गरिएको थियो । यसको उद्देश्य युवाहरुको प्रतिभा पहिचान, प्रस्फुतन र प्रवद्र्धन गर्ने थियो । उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन बिषयमा रहि ५ मिनेट सम्मको फिल्म बनाउनुपर्ने थियो । उत्कृष्ट तिन फिल्म मध्य प्रथमलाई २ लाख ५० हजार, दोस्रो लाई १ लाख ५० हजार र तेस्रो लाई १ लाखको पुरस्कार रासी थियो । प्रतियोगितामा ११० ओटा स्क्रिप्ट प्राप्त भयो । यि मध्य विज्ञ समुहले अध्यन गरी ७६ ओटा स्क्रिप्ट चयन गरेको थियो । जस मध्य ३८ ओटा लघु फिल्म निर्माण भयो । चैत २१ गते विजेता घोषणा तथा पुरस्कार वितरण कार्यक्रम चलचित्र विबाश बोर्डको हलमा आयोजना भयो । जसमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना गरी ४ लघु फिल्म पुरस्कृत भए ।

    वर्तमान विश्वको प्रमुख मुद्दा जलवायु परिवर्तनलाई संघले आफ्नो कार्यक्रममा समाबेस गर्यो । ‘संरक्षण प्रकृतिको सुरक्षा सन्ततीको’ भन्ने नाराका साथ वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । २०७८ असार १८ देखि श्रावण ०७ गते सम्म देशभर ४ लाख बिरुवा रोप्ने लक्ष्य लियो । ३ निर्वाचन क्षेत्र सम्म भएका जिल्लाहरुले ४००० र सो भन्दा माथी निर्वाचन क्षेत्र भएका जिल्लाहरुले ८००० बिरुवा रोप्ने निर्देशन सहित मातहत कमिटीहरुलाई आन्तरीक सर्कुलर जारी गर्याे । तर अभियान भाद्र १० सम्म चल्यो । संघले मुलुकभर १० लाख भन्दा बढि बिरुवा रोप्न सफल भयो ।

    काठमाडौ फोहोरले भरिरहेको थियो । जताततै फोहोरको डुङ्गुर, दुर्गन्घको सास्ती जनताले भोगीरहेका थीए । फोहोरका कारण विभिन्न महामारी फैलिने अवस्था थीयो । माहानगर प्रमुख बालेन शाहाको तिव्र आलोचना भईरहेको थियो । माहानगर पुर्णत असफल थियो । उता मेयर शाह असफलताको बिल्ला अरुहरुलाई भिराउदै आफु पानिमाथीको ओबानो बन्न खोज्दै थिए । त्यसै बखत राष्ट्रिय युवा संघ नेपालले सरसफाई अभियान आयोजना गर्यो । दबाबमूलक हिसाबले अभियान चलाईएको थियो । नेतृत्व स्वयं फोहोरको डुङ्गुर भित्र पस्यो । काठमाडौ भित्र रहेका कार्यकर्ताहरुलाई अभियानमा परिचालीत गर्यो ।

    काठमाडौका फोहोरको डुङ्गुर र दुर्गन्घ घट्न थाले । स्थानीय बासी, कर्मचारी र विभिन्न सरोकारवालाहरुले फोहोर व्यवस्थापनमा संघ संंग सहयोग माग्न थाले । अभियान ११ दिन सम्म निरन्तर चल्यो । काठमाडौका सम्पुर्ण फोहोर हट्यो । विभिन्न मिडिया, आम सर्वसाधारण र अभियान्ताहरुबाट संघले स्यावासी पायो । संघले वैज्ञानिक तवरबाट कुहिनेर नकुहिने फोहोर अलग गरेर व्यवस्थापन गरेको थियो । आफ्नै स्रोत र साधन प्रयोग गरी अभियान चलाएको थियो ।

    २०७९ फागुन ११ गतेदेखि १७ गतेसम्म संघले ‘केपी ओली कप’ राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्यो । युवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुदका विभिन्न विधाहरुमा क्रियाशील र प्रतिस्पर्धी बनाउन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताले राष्ट्रिय स्थरमा समर्ग फुटबल खेल क्षेत्रको विकास, प्रवद्र्धन गर्ने लक्ष्य लिएको थियो । नेपालका ८ वटा ‘ए डिभिजन’ टिमहरु र स्वदेश तथा विदेशका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका थिए । सेमिफाइनल सम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भए । अन्तिम खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको थियो । दशरथ रंगशालामा १४ हजार भन्दा बढि दर्शकहरु प्रत्येक्ष खेल हेर्न उपस्थिती भए । प्रतिस्पर्धामा पहिलो मच्छिन्द्र फुटबल क्लब र दोस्रो सातदोबाटो युथ क्लब भए । सामाजिक सञ्जाल, आम मिडिया र प्रत्येक्ष रुपमा यो प्रतियोगिता एक करोड भन्दा बढी नेपालीमाझ पुग्यो । आम खेलकर्मीहरुका लागि यस प्रतियोगिता चासोको विषय बन्न पुग्यो । खेलकुद क्षेत्रभित्र व्यापक चर्चा एवं परिचर्चाको विषय बन्यो । प्रतियोगिता एक सर्वोत्कृष्ट राष्ट्रिय फुटबल प्रतिस्प्रर्धाको फोरम बन्न सफल भयो । यसले राष्ट्रिय युवा संघ नेपाललाई नयाँ बिधामा सफल प्रमाणित गर्यो ।

    यि माथिका केही गतिविधी मात्र हुन् जुन संगठन भित्र नवीन प्रयोग अनी सृजनशीलताले भरिपुर्ण थिए । माथिका सबै नेपालकै इतिहासमा रेकर्ड ब्रेकिङ कार्यक्रम हुन् । यसका अलबा संघमा हजारौ नवीनता र सृजनशिलताका उदाहरण छन् । सबैको यहाँ व्याख्या गर्न सम्भव छैन । जस्तै भ्याक्सिन भोलुम्टियर, रोपाइ कार्यक्रम, राहत वितरण, सप्ताहव्यापी रक्तदान कार्यक्रम, डेंगी सचेतना तथा लामखुट्टे नियन्त्रण अभियान, हाईकिङ, महिला आत्मरक्षा तालिम, इ लाइब्रेरी स्थापना, साईबर सर्कल घोषणा, टिकटक प्रतियोगिता, बनभोज कार्यक्रम, सरसफाइ विषेश हरीतालीका तीज आदी । राष्ट्रियता, जनजिबिका र सुशासनका विभिन्न मुद्दामा भएको आन्दोलनमा पनी नवीनता र सृजनशिलताका प्रयोग छन् । जस्तै तत्कालीन सभामुखको स्वइच्छाचारीता कदम बिरुद्ध व्यंग्यात्मक नमुना सडक सदन साथै संसद भवन माथी कालो बेलुन उडाउने । त्यस्तै मुल्य बृद्धी बिरुद्ध सिंहदरबार माथी कालो बेलुन उडाउने, अर्थमन्त्रीलाई फर्सीको रुपमा प्रदर्शन गर्ने । टर्च लाईट जुलुसको आयोजना गर्ने, हस्ताक्षर संकलन आदी । यि बाहेकका राजनितीक र सांगठनिक गतिविधीको सविस्तार यहाँ सम्भव छैन ।

    रहरलाग्दो, भरलाग्दो र डरलाग्दो

    २०६८ साउन १७ गते काठमाडौ माईतिघर देखी बानेश्वर सम्मको सडक राताम्मै थियो । एकजना प्रहरी डि.एस.पी भन्दै थिए ‘२ हजार देखी २५ सय सम्मको संख्यामा हुने आकलन गरेका थीयौ, यहाँ १० हजार हाराहारीको उपस्थिती छ’ । त्यो दिन राष्ट्रिय युवा संघ नेपालले काठमाडौ भ्याल्ली युथ फोर्स घोषणा तथा सफत ग्रहण कार्यक्रम राखेको थियो । घोषणा अघी माईतिघर देखी बानेश्वर सम्म मार्चपास गरेको थियो । नेकपा नेतृत्वको जनादशेको सरकारलाई विभिन्न आरोप लगाई रहेको थियो । देशी तथा विदेशी शक्तिहरु एमालेको बिरुद्धमा खनिएका थिए । पार्टीलाई कमजोर पार्न विभिन्न षडयन्त्रका तुना बुनिदै थियो । पार्टी कमजोर हुदाँ राष्ट्रियता कमजोर हुने, जनजिबिका र सुशासनका मुद्दा ओझेल पर्ने निश्चित थियो । जनस्थरबाटै घेराबन्दीको प्रतिबाद गर्न आवश्यक थियो । त्यसका लागी राष्ट्रिय युवा संघ नेपालले युथ फोर्सलाइ अद्यावधिक साथ निर्माण गरेको थियो ।

    राष्ट्रिय युवा संघ नेपालका हरेक गतिविधी रहरलाग्दा भए । ऐजेन्डा, उद्देश्य, संख्यात्मक उपस्थिती विभिन्न कोणबाट ऐतिहासिक बने । दुई बर्षमा १०० दिन भन्दा बढि राष्ट्रियता, जनजिबिका सुशासन लगायतका विभिन्न मुद्दामा सडक संघर्ष गर्यो । स्थानीय निर्वाचन नगर्ने चलखेल, अस्वभाबीक मुल्यबृद्धि, मन्त्रीको अपराधिक अभिव्यक्ति, नेपाली भुमिमा भारतले गरेको सडक निर्माणका बिषयमा देशव्यापी आन्दोलन भएको थियो । २०७८ माघ १५ गते सरु भएको आन्दोलन ४५ दिन सम्म निरन्तर चल्यो ।

    ओली सरकार र पार्टी विरुद्धको घेराबन्दी, राष्ट्रघाती कदम विरुद्ध संघले सशक्त प्रतिवाद गर्यो । विजय कुमार गच्छधार र अफ्ताव अलमको पुर्व स्वागतको लागी व्याङगात्मक प्रदर्शन गर्यो । महिला युथ फोर्स घोषणा गर्यो । जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतिय एस.एस.बी द्धारा तुइन काटी मृत्यु भएको घटनाको घोर विरोध गर्यो । करिब १२ लाख भुमिहीन तथा सुकु्म्बासीहरुको समस्या समाधानको निम्ती तयारी गरीरहेको भुमि समस्या समाधान आयोग खारेज गर्ने जनघाती निर्णयको सशक्त विरोध गर्यो । पार्टी फुटाउने षडयन्त्रकारी अध्यादेश विरुद्ध आन्दोलन गर्यो । अफ्गानस्थानमा नेपाली अलपत्र हुदा, नेपाली आकाशमा विदेशी हेलीकप्टर उड्दाको चकमन्न स्थितीमा टर्च लाईट बालेर सरकार खोज्न सडकमा निस्क्यो । स्थानीय निर्वाचन नगर्ने चलखेल, अस्वभाबीक मुल्यबृद्धि, मन्त्रीको अपराधिक अभिव्यक्ति, नेपाली भुमिमा भारतले गरेको सडक निर्माणका बिषयमा देशव्यापी आन्दोलन गर्यो । तत्कालीन सभामुखको स्वइच्छाचारीता कदम बिरुद्ध व्यंग्यात्मक नमुना सडक सदन साथै संसद भवन माथी कालो बेलुन उडाउने काम गर्यो ।

    सवारीसाधनको ईन्वोस्ट नम्बर प्लेटको अस्वभावीक मुल्यवृद्धी र अव्यवहारीक रवैया विरुद्ध आन्दोलन गर्यो । यसमा भएको अनियमीता छानबीनकोलागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्यो । राहदानी बितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले बेहेर्न परेको चरम सास्ती विरुद्ध राहदानी घेराउ तथा ध्यानाकर्षण गर्यो । अर्थमन्त्रीले अनाधिकृत व्यक्ती समाबेस गरी बजेट हेरफेर गरेको राष्ट्रघाती कदम विरुद्ध बिशाल जुलुस गर्यो । सवारीचालक अनुमतीपत्र वितरणमा भएको अनियमीता, लापरबाही र ढीलासुस्ती विरुद्ध कार्यालय घेराउ तथा ध्यानाकर्षण गर्यो । हतियार खरिद प्रकरण विरुद्ध विरोध प्रदर्शन गर्यो । गृहमन्त्रीको आडमा मच्चाईएको राज्य आतंक र निर्वाचित जनप्रतिनीधीमाथी भएको प्रहरी ज्यादती विरुद्ध नगरपालिका घेराउ तथा विरोध प्रदर्शन गर्यो । राष्ट्रघाती नागरीकता विधेयक विरुद्ध विरोध गर्यो । यि सबै आन्दोनका कार्यक्रमहररु राष्ट्रबादी, न्यायप्रेमी र आम जनसमुदायका लागी रहरलाग्दा र भरलाग्दा गतिविधी हुन् । त्यस्तै यथास्थितिवादी, सामन्त, दलाल पुजीवादीहरुकालागी डरलाग्दा गतिविधी हुन् ।

    यो दुई वर्ष रहरलाग्दा नविनता र सृजनशीलताले भरिएको अनी भरलाग्दा र डरलाग्दा गतिविधीले गतिशील भए । एकजना साथीले सामाजीक सञ्जालमा पोस्ट्याएका थिए ‘राति ०२ः०० बजे आउनुस् कार्यालय खुल्ला हुन्छ’ छनपनी त्यस्तै थियो । मेरो आफ्नै अनुभव कति दिन सम्म फुर्सद नपाएर आझ चही गतिविधी नभए हुन्थ्यो भन्ने लाग्थ्यो । धेरैपटक संगठन कामको व्यस्तताले गर्दा खाना, खाजा खान नपाएका दिनहरु छन् । राम्रो संग सुत्न नपाएका दिनहरु छन् । यि सम्पुर्णले समाज परिवर्तनका लागी सकरात्तमक भुमिका खेलेका छन् ।

    यहि चैत २७, २८ र २९मा राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन नेपालगन्ज बाँकेमा सम्पन्न हुदैछ । ४० बर्ष उमेर हदको वैधानिक व्यवस्था भएकाले हालको नेतृत्व दोहोरिने अवस्था छैन । महाधिबेशनले नेतृत्व परिवर्तन गर्नेछ । हामी गन्तव्यमा पुगिसकेका छैनौ । नविनता र सृजनशीलताका साथ संघलाई थप गतिशिल बनाउदै समाजमा सकरात्तमक परिवर्तनका लागी भुमिका खेल्नु पर्ने छ । यसकालागी सोहि अनुसारको नेतृत्व र टिमको आवस्यक हुन्छ । हुनत लेलिनात्मक संगठानिक प्रणालीमा विश्वास गर्ने हामि ‘व्यक्तिले संगठन होईन, संगठनले व्यक्ति परिचालन गर्ने’ कुरामा विश्वास गनुपर्छ । तर इतिहासले कुसल नेतृत्व र टिमले मात्र संगठनलाइ सहि बाटोमा डो¥याउने प्रमाणीत गरेको छ । यसका लागी देशभरबाट आम संगठित सदस्यको प्रतिनिधित्व गरेर आउने प्रतिनिधी र नेता कार्यकर्ताले कुसल नेतृत्व र टिमलाई चयन गर्नुपर्छ ।

    लेखकः मोदनाथ सिलवाल (सन्तोष) राष्ट्रिय युवा संघ नेपालका पर्यटन विभाग प्रमुख हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend