logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    1.7K
    Shares
    भूगोल इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज सोमबार चैत २७ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । भूगोल इनर्जीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । यसले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको छ ।

    यो मध्ये १०% अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    सीडीएसका अनुसार आइतबारसम्म ९ लाख ४८ हजार २०५ जनाले १ करोड ७ लाख ३२ हजार ३५० कित्तका लागि आवेदन दिइसकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९६ गुणा बढी आवेदन हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend