आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । बैतडीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको छ।

जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, मा मंगलबार राति करिब ११ः२५ बजे जीप दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको घटनास्थलमै मृत्यु भएको हो ।

जीप सवार अन्य पाँच जना सकुशल रहेका छन्। प्रहरीका अनुसार जीप खस्ने क्रममा उनीहरुले सडकमै हामफालेका थिए ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend