शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो

नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो

dtbfgsf nflu hDdf ePsf pBf]uL Joj;foLx? sf7df8f}F @( r}t M pBf]u jfl0fHo dxf;ª3sf] lgjf{rgsf nflu a'waf/ ljxfg k|1fejgdf hDdf ePsf pDd]bjf/ tyf dtbftf . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ । बुधवार तोकिएको समय भन्दा केही ढिला गरी शुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयको लागि अवरुद्ध भएको हो ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि शुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला शुरु भएको थियो । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ । समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन् । ‘भोट फर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान स्थगित भएको छ ।

महासंघको आगामी नेतृत्वको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा भइरहेको छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नुहुनेछ । नयाँ नेतृत्व चयन गर्नको लागि उद्योगी व्यवसायीहरुको बिहानदेखि प्रज्ञा भवनमा बाक्लो उपस्थिति रहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend