
एजेन्सी । गुजरात टाइटन्सले फेरि जितको बाटोमा फर्कने क्रममा बिहीबार इन्डियन प्रिमियर लिग २०२३ मा पञ्जाव किंग्सलाई ६ विकेटले पराजित गरेको छ । प्रतियोगितामा गुजरातको तेस्रो जित एक बलको खेल बाँकी छँदा प्राप्त भएको थियो ।
पहिले ब्याटिङ गरेको पञ्जावले ८ विकेटमा १ सय ५३ रन बनाएको थियो । म्याथ्यु सर्टको ३६ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । ‘प्लेयर अफ द म्याच’ मोहित शर्माले १८ रनमा दुई विकेट लिए ।
जवाफमा गुजरातले ४ विकेट गुमाएर १९.५ ओभरमा १ सय ५४ रन बनायो । शुभमन गिल सर्वाधिक सफल ब्याटर रहे । उनले ४९ बलमा ६७ रन बनाए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend