logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा

    कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा

    2K
    Shares
    कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवा

    विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित कोशी प्रदेश प्रहरी अस्पतालमा ल्याब परीक्षण सेवाको शुभारम्भ गरिएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले ल्याब परीक्षण सेवाको शुभारम्भ गर्दै परीक्षणको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् ।

    प्रदेश प्रहरी अस्पतालको ल्याबबाट सिबीसी, एलएफटी, आरएफटी, लिपिड प्रोफाइल, युरिन आर/इ, स्टुल आर/इ, युरिक एसिड, सोडियम, पोटासियम र सेरोलोजीलगायतका परीक्षण गरिने भएको छ ।

    सो अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक श्यामकुमार महतो, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेललगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend