आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ

सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ

;}lgs cfrf/;+lxtf sfo{qmd ;Daf]wg sf7df8f}F, % j}zfvM g]kfnL ;]gfsf anfWoIf /yL l;tf/fd v8sf ;}lgs cfrf/;+lxtf @)*) sf] z'ef/De sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ ;f}hGoM g]kfnL ;]gf÷/f;;

काठमाडौँ । नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ ।

सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ ।

बलाध्यक्ष रथी सीताराम खड्काले आज कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए।

प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालित कार्यक्रम समापन समारोहमा बुधबार सहभागी हुन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend