logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णालीमा कांग्रेसद्वारा सिफारिस तीन मन्त्रीको सपथ आज

    कर्णालीमा कांग्रेसद्वारा सिफारिस तीन मन्त्रीको सपथ आज

    1.9K
    Shares
    कर्णालीमा कांग्रेसद्वारा सिफारिस तीन मन्त्रीको सपथ आज

    काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ ।

    नेपाली कांग्रेस प्रदेशसभा दलले मंगलबार मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेको छ ।

    मंगलबार बसेको कांग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा (एमाले) का आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।

    सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेका छन् ।

    सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं १(१) र पोखरेलले सुर्खेत क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend