logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि.बिच कृषि कर्जामा लगानीसम्बन्धि सम्झौता

    प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि.बिच कृषि कर्जामा लगानीसम्बन्धि सम्झौता

    2K
    Shares
    प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि.बिच कृषि कर्जामा लगानीसम्बन्धि सम्झौता

    काठमाडौँ । प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच कृषि कर्जामा लगानीसम्बन्धि सम्झौता भएको छ ।

    शुक्रबार प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको हो ।

    उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रा.लि.का निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

    प्रभु बैंकद्वारा आज जारी प्रेष विज्ञप्तीमा जनाइएअनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच उक्त त्रिपक्षीय सम्झौता भएको हो । यस साझेदारी को मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।

    यसकासाथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमसहित फराकिलोे पहुँच रहेको प्रभु बैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको बैंकले जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend