logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधिसभा बैठक बस्दैः संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरिने

    प्रतिनिधिसभा बैठक बस्दैः संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरिने

    1.1K
    Shares
    प्रतिनिधिसभा बैठक बस्दैः संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरिने

    काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, वानेश्वरमा दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठक बोलाईएको छ ।

    आजको बैठकबाट संसदीय समितिको काम कारवाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनुवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

    बैठकमा, प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार बिशेष समिति गठन गर्नका लागि माननीय इश्वरीदेवी न्यौपानेले प्रस्ताव पेश गर्ने तथा माननीय रघुजी पन्तले समर्थन गर्ने अर्को कार्यसुची पनि बनाईएको छ ।

    आजको सम्भावित कार्यसुचीमा उल्लेख भए अनुसार संबैधानिक परिषद सबन्धी बिद्येयक आजै पारित गरिनेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषद (काम, कर्तब्य, अधिकार र कार्यबिधि) संबन्धी पहिलो संसोधन बिद्येयक २०७९ माथीको दफाबार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुची रहेको छ ।

    संघीय संसद सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णर्याथ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसुची तयार गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend