logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

    बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

    1.4K
    Shares
    बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य

    बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो । जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ । उनले भने, ‘खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ । सोहिअनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो ।’

    बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाकाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ ।

    राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरिएको छ । बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइन्छ ।

    हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा रहेको छ । विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिए । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend