सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एक हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । आज सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो । गएको चैत २२ गते सुनको भाउ अहिलेसम्मकै उच्च भएको थियो । २२ गते सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend