logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारले व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ: उपराष्ट्रपति

    सरकारले व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ: उपराष्ट्रपति

    1.7K
    Shares
    सरकारले व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ: उपराष्ट्रपति

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या समाधान गर्न अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको बताएका छन् ।

    उद्योगी, व्यवसायीहरुले चर्को व्याजदरका कारण आफूहरु मारमा परेको गुनासो गरिरहेका बेला उपराष्ट्रपति यादवले लगानी, व्यवसायिक वातावरण निर्माण गरी उनीहरुको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराएका हुन् ।

    ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रोजगारी सृजना, आयात प्रतिस्थापन गरी निर्यात हुने बस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोडने काममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श जस्ता ठूला र अग्रणी संस्थाहरुले विशेष भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

    उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीहरुले भोग्नु परेका समस्याहरु समाधानका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण पनि गराए ।

    उनले भने, ‘देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा ग्रिलजन्य सामग्रीहरुको उत्पादनमा आत्मानिर्भर भई झण्डै आयातलाई प्रतिस्थापन गर्न सफल ग्रिल व्यवसायको भविष्य राम्रो भएको मैले महशुस गरेको छु । महाभूकम्प, कोभिड १९ महामारी, डेंगु र आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा ग्रिल तथा स्टिल व्यवसायपनि त्यसबाट अछुतो रहेन । जस्तोसकै कठिन परिस्थितिमा पनि ग्रिल उद्योगीले सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्व पूरा गरेको कुरा थाहा पाउँदा ज्यादै खुशी लागेको छ । विशेष गरेर ग्रिल उद्योगीले भोग्नु परेका समस्याहरु दक्ष जनशक्तिको अभाव, ग्रिल उद्योग व्यवस्था गर्न समस्या, सहज वित्तिय पहुँच नहुनु, ग्रिलजन्य फलामको मूल्य वृद्धि, नविनम प्रविधिको विकासमा कमीलगायतको विविध समस्याको बारेमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दछु । विशेष गरेर देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्रको रुपमा रहेका अग्रणी संस्थाहरुको नेतृत्व वर्गहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बस अफ कमर्शका अध्यक्षज्यहरु यहाँ हुनुहुन्छ । निश्चयनै रोजगारी सृजना गर्न, आयातलाई प्रतिस्थापन गरी निर्यात गर्न सक्ने बस्तु उत्पादन हुने क्षेत्रको पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूलो उद्योगसँग जोड्ने काममा यहाँहरुको विशेष भूमिका रहनेछ भन्ने विश्वास लिएको छु । लगानी र व्यवसायिक वातावरण बनाउने र उद्योगी, व्यवसायीका समस्याहरु समाधानका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको विकल्प नरहेको यहाँ स्मरण गराउन चाहन्छु ।’

    त्यस अवसरमा उपराष्ट्रपति यादवले ग्रिलजन्य सामग्रीहरुको उत्पादनमा मुलुकलाई करिव आत्मनिर्भर बनाउने काम गरेको चर्चा गर्दै ग्रिल व्यवसायीहरुको भविष्य झनै राम्रो रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend