logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ: अध्यक्ष नेपाल

    बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ: अध्यक्ष नेपाल

    1.4K
    Shares
    बुद्धको सन्देशले आपसी सद्भाव अभिवृद्धि गर्छ: अध्यक्ष नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बुद्धले विश्व मानव समुदायलाई शान्ति र अहिंसाका लागि प्रेरित गरेको बताएका छन् ।

    दुई हजार पाँच सय ६७औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस अवसरमा मानव कल्याणका लागि सामाजिक न्याय, समानताको र भ्रातृत्वको सन्देश प्रवाह गरी समृद्ध समाजको परिकल्पना गरिएको बताए ।

    बौद्ध दर्शन र चिन्तनले पञ्चशीलका आधारमा दिएको नैतिकताको शिक्षाले मानिसलाई एकापसमा सद्भाव अभिवृद्धि गरी सामाजिक एकता, सुशासन कायम गर्न सहयोग गर्ने उनको भनाइ छ ।

    बुद्धले स्थापित गरेका मार्गदर्शन तथा उपदेश विश्व बन्धुत्व र सांस्कृतिक एकताका लागि बलियो आधार भएको भन्दै उनले बुद्धको योगदानलाई चिरस्थायी बनाउन बौद्ध साहित्य र सम्पदाको संरक्षणमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend