आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

टर्किएद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

टर्किएद्वारा युक्रेनमा रूस निर्मित वायु रक्षा प्रणाली पठाउने अमेरिकी प्रस्ताव अस्वीकार

एजेन्सी । युक्रेनमा रुसमा निर्मित एस–४०० एयर डिफेन्स सिस्टम पठाउन अमेरिकले गरेको प्रस्ताव टर्किएले अस्वीकार गरेको टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले आइतबार बताएका छन् ।

वाशिङ्टनले टर्किएले सो रक्षा प्रणालीको नियन्त्रण अमेरिका वा अन्य कुनै देशलाई सुम्पिनुपर्ने सुझाव दिएको पनि अर्द्ध आधिकारिक एनाडोलु एजेन्सीले काबुसोग्लुलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

उनका अनुसार ती प्रस्तावहरू टर्किएका लागि अस्वीकार्य थिए किनभने तिनीहरू टर्किएको सार्वभौमसत्तासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् ।

वाशिङ्गटनले पछि टर्किएलाई एफ–३५ लडाकु विमानको आपूर्ति रोकेपछि टर्किएले रुस निर्मित प्रणाली खरिद गरेको थियो । सो कदमपछि टर्किएमाथि प्रतिबन्ध लगाइएको थियो।

यसैबीच विकसित घटनाक्रमले संयुक्त राज्य अमेरिका र टर्किएबीच तनाव बढ्ने दिशातर्फ गएको टिप्पणी भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend