सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

एजेन्सी ।  भारतका लागि अमेरिका, कतार र मोनाकोका राजदूतले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका छन् ।

‘भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिका, कतार र मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र स्वीकार गर्नुभयो’, राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टी, कतारका राजदूत मोहम्मद हसन जाबिर अल जाबिर र मोनाकोका राजदूत डिडियर गेमरडिङ्गरले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

लस एन्जलसका पूर्वमेयर गार्सेट्टीलाई यस वर्षको मार्चमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भारतका लागि नयाँ अमेरिकी राजदूतको रूपमा प्रस्तुत गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend