आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेपाली सेनाको सफा हिमाल अभियानको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

नेपाली सेनाको सफा हिमाल अभियानको टोलीबाट सगरमाथा हिमालको सफल आरोहण

काठमाडौं । नेपाली सेनाको अगुवाइमा संचालन भईरहेको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित दश जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सह सेनानी बिष्णुबल राई, सह सेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शंकर कुवंर र प्युठ किशोर जबेगु आज १०ः०५ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्‍छु शेर्पा लगायत पाँच जना शेर्पाहरुले पनि सगरमाथा आरोहण गरेका छन् ।

यसअघि मिति २०८० बैशाख ०४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

गत चैत्र १४ गते जङ्गी अड्‍डामा आयोजित फ्ल्याग अफ समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी शुरु भएको उक्त अभियानबाट करिब ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२ हजार ३ सय ११ किलो फोहोर संकलन भईसकेको छ ।

यो अभियान विश्व वातावरण दिवस जुन ५ मा समापन हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend