सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैँ

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैँ

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्ने भएको छ।

पार्टी महासचिव रतन थापाका अनुसार दिउँसो १ बजे तय भएको बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरूबीच बैठकमा आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न छलफल हुनेछ ।

टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति आन्दोलित भएको छ।

उसले नेपाल बन्दसम्मका कार्यक्रम गर्ने लगायतका विरोध कार्यक्रम गर्ने चेतावनी दिइसकेको छ ।

यद्यपि, उसले टीकापुर प्रकरण राजनीतिक भएको र अदालतको फैसलाप्रति कुनै टिप्पणी नरहेको बताएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend