logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनी केबलकारकाे परीक्षण सञ्चालन बुटवलमा सुरु

    लुम्बिनी केबलकारकाे परीक्षण सञ्चालन बुटवलमा सुरु

    2.7K
    Shares
    लुम्बिनी केबलकारकाे परीक्षण सञ्चालन बुटवलमा सुरु

    बुटवल । लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सञ्चालन सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ।

    अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।

    विसं २०७७ मा शिलान्यास भएको करिब तीन वर्ष तीन महिनापछि केबलकार उद्घाटन गरिने भएको छ। लुम्बिनी केबलकार प्रालिका आयोजना प्रमुख गोकुल साउदले जेठ १५ गतेबाट केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने बताए ।

    लुम्बिनी केबलकारको कुल लागत साढे तीन अर्ब रुपियाँ रहेको छ। केबलकार सञ्चालनसँगै टप स्टेसनमा बन्दै गरेको कामाख्या मन्दिरमा एक हप्तासम्म पूजाआजा गर्ने कार्यक्रम छ ।

    यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिए पनि प्राविधिक काम सम्पन्न नभएकाले जेठ दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख साउदले जानकारी दिए ।

    केबलकार सञ्चालनमा आएसँगै वसन्तपुर डाँडामा पाँचतारे होटल, बाल उद्यान, जिपलाइनलगायत संरचना निर्माण हुने उनले बताए। लुम्बिनी केबलकारमा ‘मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५ वटा ‘गोन्डाला’ रहेका र यिनबाट दैनिक छ हजार यात्रु ओसारपसार गर्न सकिने बताइएको छ।

    अहिले परीक्षणका लागि १५ वटा ‘गोन्डाला’ प्रयोग गरिएको छ। एउटा ‘गोन्डाला’ मा आठ यात्रु बस्न मिल्ने बताइएको छ।

    केबलकारको तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा छ। तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेट लाग्ने केबलकार प्रालिले जनाएको छ।

    भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक यहाँ आकर्षित हुने विश्वास लिइएको छ।

    नेपाल सरकारले बुटवलदेखि वसन्तपुरसम्मको करिब तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गर्न लुम्बिनी केबलकारलाई २५ वर्षका लागि भोगाधिकार दिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend