logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः रमेश लेखक

    टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः रमेश लेखक

    1.2K
    Shares
    टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छः रमेश लेखक

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालु अधिवेशनबाट नै संसदबाट पास गर्ने बताएका छन् ।

    आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निस्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे ।

    उनले चाल अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरु सधैँका लागि निस्कर्षमा पुर्‍याइने बताए । प्रमुख सचेतक लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानून तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल शुरु हुने बताए ।

    उनले भने, ‘अहिले यो विधेयक संसदमा दर्ता भएको छ । संसदबाट हामीले समितिमा पठाएका छौँ । समितिबाट पनि उपसमिति बनाएर छलफलका लागि पठाइसकेका छौँ । यो विधेयकलाई हामीले ११ सदस्यीय उपसमिति बनाएर पनि पठाइसकेका छौँ । हामी भोलिबाट नै यो विधेयकमा छलफल गर्नेछौँ । बेपत्ता पारिएका व्यक्तिहरुको सवाल, सत्यनिरुपणको सवाल, मेलमिलापको सवाल लगायतका जतिपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय र यो विधेयक छन्, चाँडो भन्दा चाँडो, हामी त्यसलार्ई टुंगोमा पुर्‍याउनेछौँ । जहाँसम्म मलाई लाग्छ, हामी यही अधिवेशनबाट यो विधेयक पास गरी यो विषय हामी सधैँका लागि राम्रोसँग सम्पादन गरी निस्कर्षमा पु¥याउनेछौँ ।’

    प्रमुख सचेतक लेखकले सबै राजनीतिक दलहरु मिलेर देशको विकास गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend