logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ओली र देउवालाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दै...

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै बिरोध

    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै बिरोध

    1.1K
    Shares
    नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै बिरोध

    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

    सोमवार माईतीघर मण्डलामा भेला भइ विद्यार्थी संगठनका नेताहरुले भ्रष्टाचारको बिरोधमा प्रदर्शन गरेका हुन् ।

    बिरोध कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भएपनि अहिलेसम्म १६ जना भन्दा अरुलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाए ।

    उनले यस प्रकरणमा मुछिएका ठूला नेताहरु डा. आरजु राणा देउवा र मञ्जु खाँणलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए ।

    उनले तत्कालीन सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

    उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको छ । तर अहिलेसम्म १६ जना मात्रै गिरफ्तार भएका छन्, पूर्व गृहमन्त्रीदेखि पूर्व उर्जामन्त्रीदेखि,सचिवहरुलाई पक्राउ गरि अनुसन्धानमा राखिएको छ । तर यो सरकार यो संकटको समाधान गर्न गम्भीर देखिँदैन, यो कुरा विगतका घटनाले पनि पुष्टि गर्छ, चाहे त्यो लाउडा काण्ड होस्, ललति निवास प्रकरण, ३३ किलो सुन, ओम्नी प्रकरण जुनसुकै घटनामा पनि यी समग्र प्रकरणको राज्य व्यवस्थाले हल गरेको छैन । यो सरकार यो संकटको हल गर्न चाहँदैन, यो राज्य व्यवस्था, गृह मन्त्रालय, गृहमन्त्रीले के गर्छन् आज पुष्टि भएको छ । यिनीहरुले संगठित हपराध, मानव तस्कर र राष्ट्रघात गर्दछन् । मानव तस्करीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ । तर यो सरकार यसो गर्ने पक्षमा देखिएको छैन । यहाँ अरु पनि दोषी ठहरिन्छन् , उनीहरुलाई कारबाही गरियोस् । आरजु राणा देउवा र मञ्जु खाँणलाई प्रहरीले तत्काल गिरफ्तार गरोस् ।’

    प्रदर्शनमा उत्रिएका विद्यार्थी संगठनकर्मीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, मानव तस्कर गर्ने अपराधीहरुलाई तत्काल कारबाही गर्, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा र प्लेकार्ड बोकेर बिरोध जनाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend