logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा

    विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा

    2.2K
    Shares
    विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा

    काठमाडौं । जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

    क्यानले जनाएअनुसार कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र करण केसी छनोट भएका छन् ।

    त्यस्तै, छनोट हुने खेलाडीमा सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल रहेका छन् ।

    जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोली सहभागी हुनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend