सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

हरि बुढामगरको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणादायी बन्ने: सभामुख

हरि बुढामगरको विश्वकीर्तिमान आरोहणको क्षेत्रमा प्रेरणादायी बन्ने: सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले कृत्रिम खुट्टाको सहायतामा सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरी हरि बुढामगरले कामय गरेको विश्वकीर्तिमान आरोहणकै क्षेत्रमा प्रेरणादायी बन्ने बताएका छन् ।

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा बिहीबार आरोही बुढामगरलाई स्वागत र सम्मान गर्दै सभामुख घिमिरेले बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएकोमा मुक्तकण्ठले प्रशंसा गरे ।

‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पु¥याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन्,’ उनले भने ।

दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका बुढामगरलाई सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले सम्मान गरेका हुन् ।

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको बताइन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend