सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अनिता ढुंगाना राष्ट्रिय योजना आयोग सदस्यमा नियुक्त

अनिता ढुंगाना राष्ट्रिय योजना आयोग सदस्यमा नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगानालाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आयोगको महिलातर्फ सदस्यमा लमजुङकी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले क्यानडामा भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा सहभागिताका लागि अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई पठाउने निर्णय गरेको छ ।

मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने तथा लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय गरेको छ ।

सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend