पौष २० काठमाडौं विविध जातजाति तथा संस्कृतीले भरिएको देशलाई आफ्ना गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् । पछिल्लो समय गन्धर्व जातिहरुको मौलिक गीत कर्खा लोपोन्मुख अवस्थामा रहेको छ ।
वीरहरूले देशका लागि लडेका र सहादत प्राप्त गरेका घटनालाई आधार बनाएर कर्खा लेखिन्थ्यो । बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापाका वीरताका गाथा सारंगीको धुनमा लय मिलाउँदै गाउँथे ।
लोक गीत संगीत क्षेत्रमा फरक पहिचान र मौलिकतामा ध्यान दिंदै आएका गायक तथा सर्जक हेमन्त कान्छा रसाइली यतिबेला लोपोन्मुख अवस्थामा रहेको कर्खा गीत ‘किन होला खै’ लिएर आएका छन् ।
मौलिक गीतमा स्वर नेपाली गीत संगीतमा कर्णप्रिय स्वर दिँदै आएका रसाईली आफैले दिएका छन् भने गीतको शब्द संगीत राजकुमार बगरको रहेको छ ।