logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छः प्रमुख सचेतक लेखक

    कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छः प्रमुख सचेतक लेखक

    1.5K
    Shares
    कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छः प्रमुख सचेतक लेखक

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग आगामी आर्थिक वर्षको बजेटका बारेमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

    उनले सरकारले ल्याउने बजेट राम्रो हुने भएपनि कार्यान्वयन पक्ष कमजोर रहेको भन्दै वर्तमान सरकारले कार्यान्वयन पक्षलाई जोड दिएर बजेट आउनुपर्ने बताए ।

    उनले सरकारले ल्याएको बजेट कार्यान्वयन नभए बजेट ल्याएको अर्थ नहुने बताए । उनले सरकारले ल्याउने बजेटको मुख्य चुनौति भनेको कार्यान्वयनको रहेको बताए ।

    उनले सरकारले बजेटमा कृषि,स्वास्थ्य,शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिनुपर्ने बताए । उनले वर्तमान सरकारको बजेट पनि कृषि,स्वास्थ्य,शिक्षा र भौतिक पूर्वाधारमा विशेष जोड दिएर आउने अपेक्षा रहेको बताए ।

    उनले सरकारको पुँजीगत खर्च एकदमै कम रहेको भन्दै सरकारले कहिल्यै पनि शतप्रतिशत पुँजीगत खर्च गर्न नसकेको बताए ।

    उनले सरकारले बजेटमार्फत ल्याएका योजनाहरु ३ वर्षमा पूरा गर्ने भनेपनि ७ वर्षसम्म पनि पूरा हुन नसकेको बताए । उनले भौतिक पूर्वाधार निर्माण समयमा सम्पन्न गर्ने र गुणस्तरमा जोड दिन आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend