logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई माओवादी केन्द्रकाे सम्मान

    कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई माओवादी केन्द्रकाे सम्मान

    1.5K
    Shares
    कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई  माओवादी केन्द्रकाे सम्मान

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

    मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

    त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गरे । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरेका थिए ।

    उनले भने, ‘उहाँहरु एउटा ठूलो शान्तिको मिशनमा हुनुहुन्छ । अपांग भएका व्यक्तिहरु खोजेर एउटा टिम बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेडन चाहनु हुन्छ । त्यसको निमित्त हाम्रो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट म आफैं पनि माओवादी जनयुद्धबाट शान्ति प्रक्रियाको मिशनमा लागेका व्यक्तिको हैसियतले म पनि सहयोग गर्न तयार छु । म यो प्रतिवद्धता पनि यहाँहरुलाई भन्न चाहन्छु । यसमा धेरै भन्नु छैन । उहाँको जीवन, उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन । र, केही लक्ष्य पूरा गर्ने, केही समय उहाँ अलि रुमलिनु भयो । तर बाँकि जीवन थप साहसपूर्वक अगाडि बढने र मिसन पूरा गर्ने उहाँको लक्ष्य छ । त्यो पूरा होस् । हाम्रो शुभकामना कार्यक्रमलाई स्विकार गरिदिनु भएकोमा उहाँलाई धन्यवाद ।’

    कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए । उनले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताए । बुढामगरले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गरे ।

    उनले भने, ‘सगरमाथामार्फत् मैले यो अपांगताको क्षेत्रमा जागरण गर्ने, सचेतना दिने कोशिस गरेको छु । पहिले सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो । त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौं । र, त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’

    बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाउनु भएका बुढामगरले गत जेठ ५ गते अपरान्ह सगरमाथाको सफल आरोहण गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend