मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

ताप्लेजुङ । कञ्चनजङ्घा हिमालमा चार विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन्

। आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर छन्। उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए ।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिइन् ।

उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए। यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend