सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

१० क्लवले लिग सकिएपछि मात्र खेलाडी रिलिज गर्ने

१० क्लवले लिग सकिएपछि मात्र खेलाडी रिलिज गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदासम्म असन्तुष्ट १० क्लवले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई रिलिज गर्ने जनाएका छन् ।

बिहीवार बसेको १० क्लवको बैठकले एन्फाबाट पाउनुपर्ने आर्थिक सहयोग नपाएको भन्दै आफ्ना खेलाडीलाई राष्ट्रिय क्याम्पका लागि रिलिज नगर्ने जनाउका हुन् ।

यस्तै, क्लवहरुले जेठ १९ गतेपछिका लिग खेलमा बिरोध स्वरुप टोलीका खेलाडी तथा पदाधिकारीहरु कालोपट्टी लगाएर मैदानमा उपस्थित हुने निर्णय पनि गरेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए ।

बैठकमा तीन विभागीय र जावालखेल युथ क्लवबाहेका अन्य क्लवका पदाधिकारीहरुको उपस्थिति थियो भने लिखित रुपमा सहमति जुटाएका हुन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदैछ । त्यस लगत्तै एन्फाले खेलाडीलाई भारतमा आयोजना हुने साफ च्याम्पियनसिपको क्याम्प राख्ने निर्णय गरेको छ ।

शिर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले साफ च्याम्पियनसिपका लागि मंगलवार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुँदैछ । साफ अगाडी नेपालले फिलिपिन्ससँग मैत्रिपूर्ण खेल खेल्ने तालिका रहेको छ । साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।

फिफाको प्रतिवन्धको कारण श्रीलंकाले यस संस्करण खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend