logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजारमा उच्च अंकको वृद्धि

    सेयर बजारमा उच्च अंकको वृद्धि

    1.6K
    Shares
    सेयर बजारमा उच्च अंकको वृद्धि

    काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी वर्षको आर्थिक विद्येयकका अस्पष्ट विषयमा लगानीकर्ता र सरकारबीच समझदारी भएसँगै सेयरमा बजारमा उच्च अंकको सुधार देखिएको छ ।

    आज सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.३ अंक बढेको छ ।

    सो अंकको वृद्धिपछि नेप्से १९१९ अंकमा बन्द भएको छ । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । दिनभर कुल २१७ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको घट्यो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढे ।

    आईएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ९.८, सोल्टी होटलको ९.६, तारागाउा रिजेन्सीको ९.६, माहुली लघुवित्तको ९‍‍.१, ओरियन्टल होटलको ८.४ प्रतिशत मूल्य बढ्यो ।

    यसअघि अर्थ मन्त्रालयमा भएको वार्तामा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनेगरी सहमति भएको छ ।

    ‘प्राकृतिक व्यक्तिका लागि हालको पुँजीगत लाभकर नै अन्तिम हुने सहमति भएको छ, विधेयकबाट यो विवादित विषय फिर्ता लिने सहमति भएको छ’ अध्यक्ष फुल्लेलले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend