logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी

    वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी

    2K
    Shares
    वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताएका छन् ।

    आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरु जाने गन्तव्यस्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताएका हुन् ।

    उनले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसहरुको र फर्किएका मानिसको पनि यकिन डाटा राख्न विभागहरुलाई निर्देशन दिए । मन्त्री भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकाहरुलाई मान्यता दिने सरकारको तयारी रहेको बताए ।

    उनले नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरुलाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महशुस गराउन आवश्यक रहेको बताए । उनले यो विषयमा सरकारल एउटा अभियान सञ्चालन गर्ने बताए ।

    उनले नेपालीहरु अवैधानिक रुपमा गएका देशमा पनि कानूनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको बताए । उनले वैदेशिक रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताए ।

    उनले सरकारले विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताए । उनले सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नु रहेको बताए ।

    उनले भने, ‘सरकारले विभिन्न अवैधानिक तरिकाले जुनसुकै देशमा गएको भएपनि एक पटकको लागि मान्यता दिने र दिलाउने काम गर्ने तयारी गरेका छौं । नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसा लगायत अन्य जुनसुकै भिसामा विदेश गएर काम गरिरहेको भए पनि मान्यता दिएर नेपाल सरकार भएको महशुस गराउन आवश्यक छ । त्यसको लागि सरकारले अभियान चालउन खोजेको छ । विभिन्न देशका कानूनी विषयमा पनि सरकारले अगाडि बढाउन खोजेको छ । श्रम रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर श्रम सम्झौता गर्ने गरेको छ । नेपालीहरु जुन देशमा जे रोजगारीको लागि गएपनि त्यो गन्तव्य र ठाउँलाई सुरक्षित र मर्यादित बनाउने जिम्मेवारी सरकारको हो । सरकारसँग पनि वैदेशिक रोजगारमा यति मानिसहरु गए भन्ने मात्रै डाटा आएको छ । यति मानिसहरु विदेशबाट मुलुकमा फकिए भनेर टाडा राख्नुप¥यो । विदेशबाट फर्किएकाहरुसँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्छ । सरकारको मुख्य उदेश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच बनाउने र बीचमा कुनै किसिमको अवरोध नहोस् भनेर श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नेछ ।’

    उनले मन्त्रालय अन्तरगतका विभागहरुले वैदेशिक रोजगारीका विषयमा इमान्दारिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरु बिना कुनै जानकारी विना वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले पाउनुपर्ने जानकारी पाउनुपर्ने बताए ।

    उनले विभागहरुले वैदेशिक रोजगारी क्षेत्रमा समस्या भए भनेर प्रहरी प्रशासन सहयोगले मात्रै समस्या समाधान नहुने बताउनु भयो। उहाँले नीतिगत हिसावमा इमान्दार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘श्रम मन्त्रालय अन्तरगतका विभागहरुले पनि इमान्दारीपूर्वक काम गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेहरुलाई पूर्वसूचना दिने काम प्रभावकारी बनाउन आवश्यक छ । विभागले प्रहरीहरु राखेर मात्रै समस्याको समाधान हुँदैन । नीतिगत हिसावमा हामीले इमान्दारिताका साथ काम गर्नुपर्छ र अहिलेको नयाँ टेक्नोलोजीको अटोमेशन त्यसको प्रयोग गरेर जानकारी दिन सक्नुपर्छ । अहिले सरकारले संस्था खारेज गर्न लागेको छ भनेर हल्ला गरिरहेका छन् । सरकारले संस्थाहरु खारेज गर्न नभएर व्यवस्थित गर्न खोजिरहेका छौं । पूर्व सूचना,सीपमुलक तालिमका कुरा सरकार सुधार गर्न लागेको छ । श्रम मन्त्रालयले ज्ञान वेश भन्दा पनि सीपमुलक क्षेत्रमा श्रमिकलाई दक्षता बनाउने काम गर्न लागेको छ ।’

    उनले सरकारले विभिन्न विभागहरु खोरज गर्ने भन्दा पनि व्यवस्थित बनाउन खोजेको बताए । उनले स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबैखालका समस्या समाधान गर्न खोजिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend