logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू

    देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू

    1K
    Shares
    देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ।

    महाशाखाका अनुसार तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ।

    तापक्रम बढ्न थालेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ।

    गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ।

    दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम धेरै बढेको छ।

    पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

    सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend