सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

संसद अवरोध हुनेकुरा संसदीय अभ्यासकै पाटो होः रमेश लेखक

संसद अवरोध हुनेकुरा संसदीय अभ्यासकै पाटो होः रमेश लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद अवरुद्ध हुनेकुरासंसदीय अभ्यासकै पाटो भएको बताएका छन् ।

सोमवार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसद राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताए । उनले संसद अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताए ।

उनले भने, ‘संसद भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरु र मानिसहरुको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ । संसद अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लजानुपर्छ । तर संसद अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो ।’

उनले संसद अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend