logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • करका दर हेरफेरबारे अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति बनाउँनुपर्छ: एमाले

    करका दर हेरफेरबारे अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति बनाउँनुपर्छ: एमाले

    2.2K
    Shares
    करका दर हेरफेरबारे अर्थमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति बनाउँनुपर्छ: एमाले

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको दरबारेको सूचना चुहाएको आरोप लगाउँदै अर्थमन्त्री डा प्रकाशशरण महतको जवाफ माग गरेका छन्।

    प्रतिनिधिसभाको सुरुमै बोल्दै गिरीले चित्तबुझ्दो जवाफ दिनुपर्ने नभए छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

    ‘११ सय भन्दा बढी गाडी बजेटभन्दा अगाडि भित्र्याइयो। १५ प्रतिशत अन्त शुल्क र भन्सार शुल्क बढाउँदा करोडौं घाटा हुन्छ। यो यथार्थ के हो ? अर्थमन्त्रीले जवाफ दिनुपर्‍यो,’ उनले भने।

    बजेट भाषण भएको अघिल्लो रात बिचौलिया राखिएको गिरीको आरोप छ ।

    ‘मन्त्रीका स्वकीय सचिवहरु भित्र बाहिर गरेका हुन्छन्। सूचनाको कुनै गोपनियता भएको हुँदैन। बिचौंलियाको इन्ट्रेस्टमा बजेट बनिरहेको हुन्छ, त्यो भन्दा दुर्भाग्य के होला,’ सांसद् गिरीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend