
काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो।
मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend