आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

साँगामा मिनीट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

साँगामा मिनीट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काभ्रे । बनेपा नगरपालिका-१३ साँगामा मिनीट्रकले ठक्कर दिँदा पैदलयात्रीको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार मंगलबार राति करिब ८ बजेतिर काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले सडकछेउमा हिँडिरहेका तेमाल–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिँदा उनी सख्त घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका तामाङलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए ।

सवारी चालक र सवारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend