आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

करणी आरोप लागेपछि दार्चुलाका फरार वडाध्यक्ष पक्राउ

करणी आरोप लागेपछि दार्चुलाका फरार वडाध्यक्ष पक्राउ

दार्चुला । दार्चुलामा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोप लागेपछि पक्राउ गरिएको हो ।

गत माघ २० मा महिलालाई जबरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए ।

वडाध्यक्ष धामीविरुद्ध गत फागुन ५ मा पीडित महिलाले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरीको आधारमा बुधबार जिल्ला सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रियालाई अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका धामी वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend