logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • लागुऔषधमा संलग्नलाई पक्राउ गर्नेक्रममा काठमाडौंमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

    लागुऔषधमा संलग्नलाई पक्राउ गर्नेक्रममा काठमाडौंमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

    3.3K
    Shares
    लागुऔषधमा संलग्नलाई पक्राउ गर्नेक्रममा काठमाडौंमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोहमाथि गोली चलाएको छ ।

    प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोली ओसार पसारमा संलग्नताको आशंकामा नियन्त्रणमा लिने क्रममा विकास भगतमाथि गोली प्रहार गरेको हो ।

    लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाका अनुसार प्रहरीको गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।

    ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।भगतबाट प्रहरीले १०० ग्राम लागू औषध बरामद गरेको छ ।

    ब्यूरोका प्रमुख थपलियाले भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको र भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend