logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ: प्रकाश अधिकारी

    नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ: प्रकाश अधिकारी

    1.3K
    Shares
    नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ: प्रकाश अधिकारी

    काठमाडौं । सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

    सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस् प्रस्ताव छैन ।’ सांसद अधिकारीले आफ्नै स्रोत/साधनको उपयोग नगरुञ्जेल मुलुकमा विकासले गति लिन नसक्ने उल्लेख गरे ।

    सधैँ ऋण र अनुदानमा मुलुक चलाउन नहुने धारणा राख्दै उनले लोकतन्त्रलाई बलियो बनाउने कार्यक्रममा जोड दिनुपर्ने बताए । ‘सन्तुलन र समानुपातिक विकासका लागि मधेस, कर्णाली, सुदूरपश्चिम र पिछडिएको समुदायका लागि बजेट बढाउनुपर्छ’, सांसद अधिकारीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend