logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

    कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

    1.3K
    Shares
    कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

    कञ्चनपुर । लागूऔषधसहित तीन जना युवकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइलाई गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिकबाट पक्राउ गरिएको हो ।

    शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ०।५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र मोबाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend