logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ‘नीतिगत भ्रष्टाचार नियन्त्रण गरी जनतालाई राहातको अनुभूति दिनुपर्छ’

    ‘नीतिगत भ्रष्टाचार नियन्त्रण गरी जनतालाई राहातको अनुभूति दिनुपर्छ’

    1.3K
    Shares
    ‘नीतिगत भ्रष्टाचार नियन्त्रण गरी जनतालाई राहातको अनुभूति दिनुपर्छ’

    काठमाडौं । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुनेगरी नआएको बताएकी छिन् । बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले कृषि प्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताएकी हुन् । उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

    प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले पोखरामा वर्षा हुनासाथ जलमग्न हुने समस्या रहेको भन्दै वर्षा यामको पानीलाई व्यवस्थित ढल निकासको लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले समस्याको दीर्घकालिन समाधानका लागि वृहत योजना बनाइ काम सुचारु गर्न आग्रह गरिन् ।

    प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले चुरे पर्वतको ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य रोक्न माग गरिन् । उनले चुरेको संरक्षण र संवद्र्धनका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

    प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नितिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताए । उनले यसलाई समयमै प्रभावकारी ढंगले नियन्त्रण नगर्ने हो भने संघीयताको औचित्य नै समाप्त पार्न सक्ने बताए । उनले अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए ।

    प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले काम नगर्ने ठेकेदार र काम सम्पन्न भइसकेपछि पनि भुक्तानी नदिने सरकारमाथि पनि कारबाही गर्नेगरी सार्वजनिक खरिद ऐनमा संशोधन गर्न माग गरे ।

    प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले प्रभात बस्याल र प्रिति घिमिरेको ३ वर्षदेखिको प्रेम सम्बन्धमा जातिय विभेदको ग्रहण लागेको बताइन् । उनले प्रेम सम्बन्धमा रहेका बसेललाई बलात्कार, अपहरण र शरीर बन्धकको झुटो मुद्दा दायर गरिएको भन्दै निःशर्त सुरक्षित रिहाइको माग गरिन् ।

    प्रतिनिधि सभा सदस्य शिव नेपालीले प्रेम गरेकै कारण बागलुङका प्रभात बसेल जातिय भेदभावका कारण अपहरण र जबरजस्ती करणी जस्तो जघन्य अपराधको भागि हुनुपरेको उल्लेख गर्दै गम्भिरतापूर्वक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य शिशिर खनालले धेरै सडक दुर्घटनाहरु हुने गरेको भन्दै चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृति निर्माणमा काम गर्नुपर्ने बताए ।

    प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले दार्चुलाको ब्यास गाउँपालिका छाङ्ग्रु र टिङ्करका जनतालाई जनगणनामा समेटन नसक्नुको कारणले माग गरे ।

    प्रतिनिधि सभा सदस्य सूर्य थापाले सामुदायिक विद्यालयका कर्मचारी र लेखापाल आन्दोलित रहेका भन्दै उनीहरुको न्युनतम पारिश्रमिक पाउनुपर्ने मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा जलवायु आपतकाल आउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले अकल्पनीय कठिनाइ आउने निश्चित देखिएको जिकिर गरिन् ।

    उनले जलवायु परिवर्तनको भयावह स्थिति आउन नदिन सरकार जिम्म्मेवार बन्नुपर्ने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend