logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

    अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

    1.8K
    Shares
    अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

    कञ्चनपुर । जिल्लामा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

    अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जना स्थानीय मेडिकल व्यवसायी पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले भीमदत्तनगर–१३ स्थित बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागीर र वडा नम्बर ९ को ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ वर्षीय गोकुल मण्डललाई पक्राउ गरिएको जानकारी दिए ।

    प्रहरी निरीक्षक गिरीले पक्राउ परेकाहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend