आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

विश्वकप छनोटमा आज नेपाल र वेस्टइण्डिज भिड्दै

विश्वकप छनोटमा आज नेपाल र वेस्टइण्डिज भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीवार वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दैछ ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस क्लबमा वेस्टइण्डिज र नेपालबीचको खेल नेपाली समयअनुसार मध्याह्न पौने १ बजे शुरू हुनेछ ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइण्डिजलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत निकाल्न चाहन्छ। पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।

दुई पटक एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो मुकाबिला हो । नेपालले कुनै पनि विश्व विजेतासँग पहिलोपटक खेल्ने मौका पाएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend