आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नेपाललाई अर्को सफलता, गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

नेपाललाई अर्को सफलता, गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलमा गुल्सन झाले दोस्रो विकेट लिएर नेपाललाई अर्को सफलता दिलाएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले रन बनाउन नसकेका जोन्सन चार्ल्सलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराउन सफल भए ।

यसअघि करण केसीले केल मयर्सको विकेट दिलाएका थिए । वेष्ट इण्डिजले ४.१ ओभरमा २ विकेटको क्षतिमा ९ रन मात्र बनाएको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेर वेष्ट इण्डिजलाई ब्याटिङको निम्तो दिएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend