मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएन, संशोधित नागरिकता ऐन कार्यान्वयनमा आउने बाटो खुल्यो

सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिएन, संशोधित नागरिकता ऐन कार्यान्वयनमा आउने बाटो खुल्यो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा आउने भएको छ ।

यसअघि सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै विधेयक कार्यान्वयन गर्ने बाटो खुलेको हो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेको हो ।

उक्त आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तानले वंशजको आधारमा नागरिकता लिने बाटो खुलेको हो ।

गत वर्ष तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरी होल्डमै राखेकी थिइन् ।

यद्यपि, उक्त विधेयक १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम संविधान प्रतिकुल रहेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend