logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधिसभा बैठक : आजदेखि बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    प्रतिनिधिसभा बैठक : आजदेखि बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    1.2K
    Shares
    प्रतिनिधिसभा बैठक : आजदेखि बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ।

    आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

    त्यसैगरी आजदेखि बैठकमा मन्त्रीहरूले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ । जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend