logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • यसपटक म नभइ हुँदैन जस्तो लागेर प्रधानमन्त्री बनें : प्रचण्ड

    यसपटक म नभइ हुँदैन जस्तो लागेर प्रधानमन्त्री बनें : प्रचण्ड

    1.3K
    Shares
    यसपटक म नभइ हुँदैन जस्तो लागेर प्रधानमन्त्री बनें : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेस झस्कनु नपर्ने बताउँदै कम्युनिष्टहरुबीच एकता भएतापनि कांग्रेससँगको सम्बन्ध र सहकार्य नटुट्ने बताएका छन् ।

    चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजमा गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूँले लेफ्टहरुको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुन नहुने बताएका हुन् ।

    विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडाँई लडेकाले अहिलेसम्म उपलब्धि हासिल गरिएको उल्लेख गर्दै उनले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने बताए । ‘कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ । त्यसकारण यो प्रक्रिया अगाडि जान्छ, जानुपर्छ ।’ उनले भने । कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिको यात्रामा अगाडि लैजानुपर्ने बताए ।

    यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको उनको भनाइ छ ।

    जनतामाथि र संघीय गणतन्त्रमाथि खतरा बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको उल्लेख उनले भने, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ । मेरो मनस्थिति के मात्र हो भने देशभित्रको विसंगतिविरुद्ध लड्नको लागि म चाहिन्छ भन्ने कुरामा दृढ थिएँ र छु ।’

    देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डले बताए । सामान्य रुपमा सुधार हुने सम्भावना नभएको उनको भनाइ छ ।

    आफूले पटक–पटक गल्ती गर्दा समेत गिरिजाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘मैले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्नुपर्थ्यो । तर मैले सकिनँ । मैले प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो ।’

    अस्पतालमा भर्ना भएको बेला गिरिजाले आफूलाई एक्लै बोलाएर ‘सम्हाल्नुस् यो देश’ भनेको कुराले गिरिजाप्रति अगाधा आस्था र विश्वास भइराखेको उनले बताए ।

    उनले गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने भनेर पेश भएको प्रस्तावलाई मन्त्रिपरिषदबाट अघि बढाउने आश्वासन समेत दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend