कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्दलाई पक्राउ परेका हुन् ।
उनीहरुविरुद्ध दोहोरो नागरिकता सम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।