सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठक स्थगन

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा, प्रतिनिधिसभा बैठक स्थगन

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ ।

बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनको भनाई छ । एमालेको विरोधमा अन्य विपक्षी दलले पनि साथ दिएर उठेर विरोध जनाए । सभामुख घिमिरेले सांसदहरुलाई बस्न पटक पटक आग्रह गरेपनि नबसेपछि संसद आधा घण्टाका लागि स्थगित गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend