सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेलगायतका विपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्ध पारेका छन् ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा समेत एमालेले अवरोध गर्ने तयारी गरेपछि प्रधानमन्त्री प्रचण्डले भर्खरै नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरु सँग बालुवाटारमा छलफल गरेका छन् । दलका सचेतकहरु सँगको छलफल पछि प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गरेर अघि बढ्ने तयारी गरेका हुन् ।

यसअघि विहिबार विहान बालुवाटरमा बसेको सत्ता साझेदार सात दलको बैठकले संसदमै सामना गरेर अघि बढ्ने प्रधानमन्त्रीले राजीनामा नदिने निचोड लिएको थियो। एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले आज पनि संसद बैठक चल्न नदिने बताउँदै आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएकाले संसद बैठक कुनै हालतमा चल्न नदिने बताए । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend